दफा १९
संपरीक्षण तथा बेरुजु फछ्र्यौट
(१) महालेखा परीक्षकको विभागबाट लेखापरीक्षण हुँदा औंल्याइएका बेरुजुका सम्बन्धमा सो बेरुजुको सूचना प्राप्त भएको पैंतीस दिनभित्र सम्बन्धित कार्यालयले तोकिएबमोजिम फछ्र्यौट गरी संपरीक्षण गराउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको म्यादभित्र बेरुजु संपरीक्षण तथा फछ्र्यौट गराउन नसक्ने मनासिब माफिकको कारण भएमा कारण समेत उल्लेख गरी म्याद थपको लागि महालेखा परीक्षकको विभाग समक्ष अनुरोध गर्न सकिनेछ र त्यस्तो अनुरोध भई आएमा महालेखा
परीक्षकको विभागले मनासिब माफिकको म्याद थप गरिदिन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम थप गरिएको म्यादभित्र पनि बेरुजु रकम फछ्र्यौट तथा संपरीक्षण नगराएमा महालेखा परीक्षकले लेखा उत्तरदायी अधिकृतलाई जानकारी दिनेछ र त्यसरी प्राप्त हुन आएको जानकारी बमोजिमको कारबाही गर्ने जिम्मेवारी लेखा उत्तरदायी अधिकृतको
हुनेछ । लेखा उत्तरदायी अधिकृतले कारबाही नगरेमा विभागीय मन्त्री वा राज्यमन्त्रीलाई महालेखा परीक्षकले जानकारी दिनेछ ।